लुुइस ब्रेल जयन्तीका कास्की नेत्रहीन संघको हाजिर जवाफ प्रतियोगिता सम्पन्न
लुुइस ब्रेल जयन्तीका कास्की नेत्रहीन संघको हाजिर जवाफ प्रतियोगिता सम्पन्न
ब्रेल लिपिका आविश्कारक लुुइस ब्रेलको २१६ औँ जयन्ती तथा विश्व ब्रेल दिवस २०१५ को अवसरमा सनीबार कास्की नेत्रहीन संघले गण्डकी प्रदेश स्तर हाजिरी जवाफ प्रतियोगिता पोखरा—१० स्थित कुँडहर आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न गरेको छ । कास्की नेत्रहीन संघको आयोजना र आइ सि इ भि आइकाे सहकार्यमा प्रदेश स्तरिय अन्तर नेत्रहीन संघ तथा दृष्टिविहिनहरुका विच आयोजित प्रतियोगितामा गण्डकी प्रदेशका एघार समुुहको सहभागीता रहेको थियो । प्रतियोगितामा स्याङ्जा नेत्रहीन संघले प्रथम स्थान हाँसिल गरेको थियो भने नेत्रहीन युवा संघ, कास्की शाखा द्वित्तीय, कास्की नेत्रहीन संघ, तृत्तीय र चिल नेपाल समहले सान्त्वना स्थान प्राप्त गरेका थिए । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षता र गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न समापन सत्रमा प्रथमलाइ रु दश हजार, द्वित्तीयलाई रु सात हजार, तृत्तीयलाई रु पाँच हजार र सान्त्वनालाई रु तीन हजार सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा कास्की नेत्रहीन संघका कार्यक्रम अधिकृत एक बहादुर गुरुङ, महिला उपाध्यक्ष सुनिता ज्ञवाली, डिडाका संस्थापक अध्यक्ष गिरीधारी सुुबेदी र शिक्षक टेक बहादुर थापाले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले लुुइस ब्रेलको योगदानका कारण दृष्टिविहिन व्यक्तिहरु ज्ञानको संसारमा अब्बल भएको र अहिलेका प्रतिभाशाली दृष्टिविहिन व्यक्तिहरुको प्ररणाबाट भाबी पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताउँर्दै राज्यलाई दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्ति मैत्री बनाउन सबैले सकारात्मक र रचनात्मक योगदान गर्न पर्ने कुरामा जोड दिइन । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले ब्रेल लिपिलाई सम्बैधानिक मान्यता दिएको भएता पनि प्रदेश सरकारका कार्यक्रममा ब्रेल लिपि र कास्की नेत्रहीन संघका सबाल नसमेटिएको गुनासो गर्दे सरकारको ध्यानाकर्षण गराए ।
a href=”http://kabkaski.org.np/wp-content/uploads/2025/01/IMG_20250104_123353-scaled.jpg”>